रमेश थापा
यासोक– पाँचथरको कुम्मायक गाउँपालिकाले आज शुक्रवार सोक विदा दिएको छ । गाउँपालिका उपाध्यक्ष महेन्द्र बहादुर खड्काले शोक वक्तव्य जारी गर्दै शुक्रवार आज शोक विदा दिएको हो । कुम्मायक–४ की वडा सचिव जुना सेलिङको उपचारको क्रममा १५ गते बुधवार निधन भएको थियो । उनको निधनले गाउँपालिका स्तब्ध भएको भन्दै सेलिङले दिएको योग्दानको सम्मान गर्दै आज शोक विदा दिएको गाउँपालिकाले जनाएको छ ।
शोक विदामा गाउँपालिकाको कार्यालय, वडा कार्यालय र स्वास्थ्य चौकीहरुमा एक विदा दिएको छ । गाउँपालिकामा आकस्मिक र नियमिक खोप सेवा भने संचालन हुने बताइएको छ ।
.png)