Comments Add Comment

द्वितिया मेला भलिवल प्रतियोगिताः कुम्मायक गाउँपालिका उपाधि नजिक

रमेश थापा
पाँचथर
 पाँचथरको वासाँगुमा जारी अन्तरपालिका स्तरीय भलिवल प्रतियोगिताको सेमिफाइनलको खेलमा याङवरक गाउँपालिकालाई हराउँदै कुम्मायक गाउँपालिका फाइनलमा प्रवेस गरेको छ । दिपावलीको अवसरमा आयोजना गरिएको भलिवल प्रतियोगिताको दोस्रो दिनको अन्तिम चरणको खेलमा तीन सेटको जीत निकाल्दै कुम्मायक फाइनलमा प्रवेश गरेको हो । पहिलो सेट जितेको याङवरकले दोस्रो सेट गुमाएको थियो । त्यसपछिका लगातार दुई सेटको जित निकाल्दै फाइलनको यात्रा सुरक्षित गरेको थियो । 
मंसिर १ गते भएको क्वाटर फाइनलको दोस्रो दिनको पहिलो खेलमा तुम्बेवालाई हराउँदै फालेलुङ गाउँपालिका सेमिफाइनमा प्रवेस गरेको छ । दोस्रो खेलमा हिलिहाङलाई हराउँदै याङवरक बिजयी भएको थियो । तेस्रो खेलमा फिदिम नगरपालिकालाई हराउँदै फाल्गुनन्द गाउँपालिका सेमिफाइनलमा प्रवेस गरेको थियो । प्रतियोगिताको अन्तिम चरणको खेलमा याङवरकलाई हराउँदै कुम्मायक गाउँपालिका उपाधि नजिक पुगेको हो । उपाधिको लागि कुम्मायकले मंसिर २ गते फालेलुङ र फाल्गुनन्द गाउँपालिका बीच हुने सेमिफाइनल खेल पर्खनु पर्नेछ् । 
कात्तिक २९ गतेदेखि सुरु भएको प्रतियोगिता मंसिर २ गतेसम्म संचालन हुनेछ ।  प्रतियोगितामा तेह्रथुम, पाँचथर र इलाम जिल्लाका १२ टीमको सहभागीता रहेको भलिवल खेल संयोजक एकान्त कुरुम्बाङले जानकारी दिए । 
प्रतियोगिताको बिजेताले नगद १ लाख १५ हजार ५१५ रुपैंयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने् उपबिजेताले नगद ६५ हजार ५६५ रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक त्रिवेणी युवा क्लवले जनाएको छ ।
त्यस्तै मेलामा केलाङ प्रतियोगिता, हाक्पारे, पाःलाम् लगायतका वृहत साँस्कृतिक कार्यक्रम संचालन हुने भएको छ । केलाङ प्रतियोगितातर्फ बिजेताले नगद १७ हजार ५ सय रुपैंयाँ सहित प्रमाणपत्र पाउने छन भने् उपबिजेताले नगद १२ हजार पाँच सय रुपैयाँ सहित प्रमाणपत्र प्राप्त गर्ने त्रिवेणी युवा क्लबका अध्यक्ष यमराज आङ्देम्बेले बताए ।
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ