रमेश थापा
पाँचथर–पाँचथरको कुम्मायक गाउँपालिका–१ स्थीत पृथ्वी मा.वि.मा आन्तरिक खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । कुम्मायक–१ नं. वडा कार्यालयको आर्थिक सहयोगमा सम्पन्न भएको प्रतियोगिताका सहभागी उकृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको छ । पृथ्वी मा.विको खेलमैदानमा सम्पन्न भएको १ सय २ सय र ४ सय मिटर दौड प्रतियोगिताका छात्र र छात्रा तर्फ प्रथम, दोस्रो र तेस्रो हुने विद्यार्थीलाई नगद पुरस्कार बितरण गरि पुरस्कृत गरिएको थियो । त्यस्तै लङजम्प, ट्रिपल जम्प, सर्टफुट, ज्याब्लिङ थ्रो का प्रथम, दोस्रो र तेस्रो हुने विद्यार्थीहरुलाई गाउँपालिकाका शिक्षा अधिकृत प्रदिपसिं तामाङले नगद पुरस्कार बितरण गरेका थिए ।
दुई दिनसम्म संचालन भएको प्रतियोगिताको कवर्डी तर्फका प्रथम र देस्रो हुने छात्र र छात्रा टीमलाई नगद पुरस्कार प्रदान गरिएको विद्यालयका प्र.अ ऋषिराम गजुरेलले बताए । त्यसैगरी भलिवल तर्फ तर्फका प्रथम र दोस्रो हुने सहभागी विद्यार्थीलाई विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा वडाअध्यक्ष देबेन्द्रकुमार लावतीले पुरस्कार बितरण गरेका थिए । गाउँपालिकामा हुन लागेको राष्ट्रपति रनिङ शिल्ड प्रयोगिताको पूर्व तयारीको लागि विद्यार्थीहरुलाई छनोट गर्न प्रतियोगिता आयोजना गरिएको विद्यालयले जनाएको छ ।
.png)