Comments Add Comment

कुम्मायकमा १६ गतेदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने

रमेश थापा 
यासोक
–पाँचथरको कुम्मायक गाउँपालिकामा माघ १६ देखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने भएको छ । गाउँपालिकाका कार्यवाहक अध्यक्ष देबेन्द्रकुमार लावतीको अध्यक्षतामा बसेको बैठकले माघ १६ देखि १८ गतेसम्म प्रतियोगिता आयोजना गर्ने निर्णय भएको हो । कुम्मायक–५ को महेन्द्रदोय माध्यमिक विद्यालयले आयोजना गर्ने प्रतियोगितामा कुम्मायकका पाँच वटा विद्यालयल सहभागि हुने छन । 
गाउँपालिकाको कार्यालयमा भएको जनप्रतिनिधि र शिक्षकहरुको बैठकले टाइसिट सार्वजनिक गरेको छ । जस अनुसार भलिवल प्रतियोगिताको छात्रतर्फ पहिलो पोलमा पृथ्वी मा.वि र महेन्द्रदोय मा.वि भिड्ने भएका छन । भने खाल्डे मा.वि. यासोकले बाइ पाउँदै दोस्रो चरण प्रवेश गरेको छ ।

दोस्रो पोलमा सिद्ध सरस्वती मा.वि माङजाबुङ  र सिद्ध मा.वि तिङदेन भिड्ने छन । त्यस्तै छात्रातर्फ ‘ए’ पोलमा आयोजक महेन्द्रदोय मा.वि. स्याबरुम्बा र सिद्ध सरस्वती मा.वि. माङजाबुङ बीच हुनेछ् । सो खेलमा पनि खाल्डे मा.बि.ले बाइ पाएको छ । ‘बि’ पोलमा सिद्ध मा.वि तिङदेन र पृथ्वी मा.बि यासोक बीच हुने भएको छ । त्यसैगरी छात्र र छात्रा तर्फ कवडी प्रतियोगितामा पनि पाँच विद्यालय बीच प्रतिस्प्रधा हुने भएको छ । प्रतियोगितामा सहभागी पाँच विद्यालयका २३४ विद्यार्थी पुरस्कृत हुने शिक्षा अधिकृत प्रदिपसिं तामाङले जानकारी दिए ।  

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ