Comments Add Comment

फाल्गुनन्द-.२, इम्बूङमा खुल्ला नकआउट पुरुष फुट्बल प्रतियोगिता हुने

दिपक दुलाल,मंसिर ४

बराहक्षेत्र कात्र्तिके पूर्णिमा मेलाको अवसरमा पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं.२, इम्बूङमा खुल्ला नकआउट पुरुष फुट्बल प्रतियोगिता सञ्चालन हुने भएको छ ।
कात्र्तिके पूर्णिमाको अवसरमा बराहक्षेत्र कात्र्तिके पूर्णिमा मेलासँगै  स्थानिय टु स्टार ग्रामिण सिर्जनशील क्लवको आयोजनामा खुल्ला नकआउट पुरुष फुट्बल प्रतियोगिता सञ्चालन हुने भएको हो । विगत लामो समयदेखि कात्र्तिके पूर्णिमाको अवसरमा प्रत्येकवर्ष इम्बूङमा लाग्दै आएको बराहक्षेत्र कात्र्तिके पूर्णिमा मेला तथा खुल्ला नकआउट पुरुष फुट्बल प्रतियोगिता यसवर्ष २०८० मंसिर ८ गतेदेखि शुरु भइ मंसिर १३ गतेसम्म सञ्चालन हुने बताइएको छ ।
 सत्यहाङ्मा माध्यमिक विद्यालय इम्बूङको खेलमैदानमा सञ्चालन हुने  यसवर्षको पुरुष फुट्बल प्रतियोगिताको बिजेताले १ लाख ५ हजार र उपविजेताले ६५ हजार रुपैयाँ नगद सहित ट्रफि मेडल र प्रमाणपत्र हात पार्ने आयोजक टु स्टार ग्रामिण सिर्जनशील क्लवका अध्यक्ष अर्जुन नेम्वाङले जानकारी दिनुभयो ।
स्थानिय सरकार, विभिन्न संघसंस्था, स्थानिय समाजसेवी, बुद्धिजिवी, व्यवसायीहरु तथा देशविदेशमा रहेका दाता महानुभावहरु तथा सहयोगी हातहरुबाट आर्थिक सहयोग संकलन गरी कार्यक्रम सम्पन्न गर्ने लक्ष्य रहेको उहाँले बताउँनुभयो ।
फुट्बल प्रतियोगिताको दोस्रो पुरस्कार ६५ हजार रुपैयाँ नगद तथा १२ थान जर्सी फाल्गुनन्द ३,राँके बजार निवासी जेट्ली सिंगर हार्डवेयर तथा यातायात प्रा.लि.का प्रोपाइटर सुभास सिंगर र जेट्ली सिंगरले प्रायोजन गर्नुभएको आयोजकले जनाएको छ ।
कात्र्तिके पूर्णिमा मेलाकै अवसरमा मोटरसाइकल स्लोरेस लगायत मनोरञ्जनात्मक तथा सांस्कृतिक कार्यक्रमहरुको समेत आयोजना गरिएको बताइएको छ । 


 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ