Comments Add Comment

आज नेपाल र यमन बिच प्रतिस्पर्धा हुदैँ, खेल साँझ ७ बजेबाट सुरु हुने

काठमाडौं, ५ मंशिर । आज नेपाल र यमनका बिचमा फुटबल प्रतिस्पर्धा हुदैँछ । 
फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरण अन्तर्गत दोस्रो खेलमा नेपालले यमनसँग प्रतिस्पर्धा गर्न लागेको हो ।  

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार सो खेल साँझ ७ बजे देखी दशरथ रंगशाला, त्रिपुरेश्वरमा हुनेछ । 

प्रायः खेल दिउँसो २ बजे वा साँझ ५ बजे हुने भनिए पनि आजको खेल भने साँझ ७ बजे राखिएको हो । 

सबै दर्शकले हेर्न सकुन भनेर साँझ ७ बजे खेल सुरु गर्न लागिएको टोलीका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले जानकारी दिएका छन । 


 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ