Comments Add Comment

एमालेले भुकम्प पीडितलाई बनाई दियो ८० अस्थायी घर

काठमाडौं, ९ मंशिर । नेकपा एमालेले ८० वटा अस्थायी घर निमार्ण गरेर भुकम्प पीडितलाई हस्तान्तरण गरेको छ । 

पार्टी अध्यक्ष केपी शर्मा ओलीका अनुसार अहिले जाजरकोट र रुकुम पश्चिममा १ हजार १ सय स्वयंसेवक खटिएका छन । 

‘१ हजार १ सयको संख्यामा जाजरकोटमा १२ र रुकुम पश्चिममा १३ गरी हाम्रा २५  स्वयंसेवक समूह भूकम्पपछि उद्दार र पुनः स्थापन कार्यमा खटिएका छन्,’  
अध्यक्ष ओलीले भनेका छन, ‘अहिलेसम्म जाजरकोटमा १३२ र रुकुममा ३५ वटा गरी १६७ वटा भत्किएका घर पन्छाइ सामान उद्दार गरेको छ । एक विद्यालय सहित जाजरकोटमा २९ वटा र रुकुममा ५१ वटा गरी ८० वटा अस्थायी घरटहरा बनाई हस्तान्तरण गरेको छ।’ 

उनले अगाडी भने, ‘यो चिसोमा छाना बाहिर रहेकालाई छानामुनि ल्याउने काममा सक्रिय पार्टीका सबै साथीहरूलाई धन्यवाद ।’ 


 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ