Comments Add Comment

लगातार उकालो लागेको सुनको मूल्य आज स्थिर 

काठमाडौं । साताको चौथो कारोबारको दिन नेपाली बजारमा आज (बिहीबार) सुन चाँदीको मूल्य स्थिर रहेको छ । 
मंगलबार र बुधबार लगातार उकालो लागेर नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य बिहीबार भने स्थिर छ । 
आज चौथो दिन सुन प्रतितोला एक लाख १९ हजार तीन सय रूपैयाँ कायम  छ। यो मूल्य बुधबार कायम रेकर्डको स्थिर मूल्य हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार सात सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। 
बुधबार प्रतितोला १ हजार पाँच सय २० रूपैयाँमा किनबेच भएको चाँदीको आज पनि सोहि मूल्य कायम छ । 
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ