रमेश थापा
पाँचथर: पाँचथरको कुम्मायक गाउँपालिका लैङ्गिक हिंसा बिरुद्धको सोह्र दिने अभियानको अवसरमा सडक नाटक प्रर्दशन गरिएको छ। आइतवार गाउँपालिका केन्द्रको यासोकमा महिला हिंसा र लैंगिक हिंसाको विरुद्ध सचेतामूलक सडक नाटक प्रर्दशन गरिएको हो। गाउँपालिकाको आर्थिक सहयोग तथा कुम्मायक–१ नं. वडाको आयोजनामा लैङगिक हिंसा बिरुद्धको सोह्र दिने अभियान समापन समारोहका बीच जनरञ्जन नाट्य समुह कुम्मायकले नाटक प्रर्दशन गरेको हो।
मदन आचार्यको लेखन तथा संघर्ष खतिवडा र लालहाङ चेम्जोङको निर्देशनमा प्रर्दशन भएको सडक नाटकमा घरेलु हिंसा, सामाजिक संजालले निम्त्याएको बेथिति र बैदेशिक रोजगारीले परिवारमा देखिएको समस्याको बिषय नाटकमा समेटिएको थियो। सडक नाटकमा कलाकार ममता रिजाल, इन्दिरा खड्का र याममाया थापाले अभिनय गरेका थिए।
कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, संघ सस्थाका प्रतिनिधि, प्रहरी र पृथ्वी मा.वि.का शिक्षक तथा विद्यार्थी सहितको ¥यारीले बजार परिक्रमा गरी कोणसभा आयोजना गरेको थियो। कोण सभामा गाउँपालिका उपाध्यक्ष महेन्द्र बहादुुर खड्का, वडाअध्यक्ष देबेन्द्र कुमार लावती, त्रिशाली महिला कृषि सहकारी संस्था अध्यक्ष उमा चाम्लिङ राई लगायतका बक्ताहरुले लैङ्गिक हिंसा बिरुद्धको अभियानलाई सशक्त बनाउदै यो बिभेदलाई जरैबाट हटाउनु पर्नेमा जोड दिएका थिए।
.png)