रमेश थापा
यासोक—पाँचथरको कुम्मायक गाउँपालिका केन्द्र यासोकमा रहेको राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय यासोकले व्यवसायी बम बहादुर बोहोरालाई सम्मान गरेको छ । गाउँपालिका केन्द्र यासोकमा रहेको बैंकले आफ्नो ५९ औं वर्षमा प्रवेश गरेको अवसरमा सबैभन्दा बढि बचत कर्ता बोहोरालाई प्रशंसा पत्र प्रदान गरी सम्मान गरेको हो । त्यस्तै सोही अवसरमा बचत कर्ता हिमा ढकाललाई पनि प्रशंसा पत्र प्रदान गरी सम्मान गरेको छ ।
२०७९ साल पुष २८ गते गाउँपालिकाको केन्द्र यासोक बजारमा संचालनमा आएको शाखाले कुम्मायक र फाल्गुनन्द गाउँपालिकाबासीलाई सेवा प्रभाह गर्दै आएको छ । दद्धकालको समयमा यासोकबाट बिस्तापित भएको बैंक लामो समयपछि स्थापना भएको हो ।
.png)