Comments Add Comment

उपेन्द्र सुब्बाले पाँचथरमा टुंग्याए ‘मनसरा’को छायांकन

काठमाडौं -निर्देशक उपेन्द्र सुब्बाले सोसल-ड्रामा फिल्म ‘मनसरा’को छायांकन सकेका छन् । पुस २१ गतेदेखि यो फिल्मको छायांकन ललितपुर, काठमाडौं र पाँचथरमा भएको थियो।

पाँचथरमा दयाहाङ राई र मिरुना मगरको केही दृश्य खिच्दै ‘इन्डक्ल्याप’ गरिएको हो । फिल्ममा मिरुना ‘मनसरा’को भूमिकामा छिन्। ब्लकबस्टर ‘जारी’पछि उपेन्द्रले दयाहाङ र मिरुनाको फिल्मलाई दोस्रोपटक निर्देशन गरेका हुन् । यो फिल्म वैशाख २१ गते प्रदर्शन तयारीमा छ।

फिल्ममा प्रवीण खतिवडा, मेनुका प्रधान र हेमन्त बुढाथोकीको अभिनय समेत छ । निर्देशक सुब्बाकै लेखन रहेको फिल्मका निर्माता छायाकार समेत रहेका शैलेन्द्रध्वज कार्की हुन् । विष्णुकुमार लिम्बू, मनोरथ पोखरेल, पर्शु कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा निमेश श्रेष्ठको सम्पादन, अर्जुन कार्कीको रङ संयोजन, श्रवणराज पाण्डेको साउण्ड डिजाइन छ । मानाहाङ लावती, मनिक शंकर र सुभम चाम्लिङ राईको संयुक्त कला निर्देशन रहनेछ ।अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बू थाक्लुङ सहनिर्माता हुन् ।

यसअघि टिजर पोस्टर सार्वजनिक गरेदेखि नै फिल्म चर्चामा छ । सिजन दाहाल कार्यकारी निर्माता रहेको फिल्ममा किरण चाम्लिङ राई मुख्य सहायक निर्देशकका रुपमा रहनेछन् । 

Onlinekhabar.com

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ