Comments Add Comment

लिभरकुसनले पहिलो पटक जित्यो बुण्डेसलिगाको उपाधि

काठमाडौँ । बायर लिभरकुसनले यस सिजनको जर्मनी बुण्डेसलिगाको उपाधि जितेको छ ।

गएराती सम्पन्न वेरडेरविरुद्धको खेल ५-० गोल अन्तरले जितेसँगै लिभरकुसनले यो सिजन अपराजित रहदै जितेको हो ।

लिभरकुसनले लिगका ५ खेलअघि नै उपाधि जितेको छ । २९ खेलमा २५ जित र ४ बराबरी खेलेको लिभरकुसनको ७९ अंक रहेको छ भने दोस्रो स्थानमा रहेको बायर्न म्युनिखको ६३ अंक रहेको छ ।

यसअघि पाँच पटक उपविजेता बनेपनि लिभरकुसनले बुण्डेसलिगाको उपाधि जितेको यो पहिलो पटक हो । बुण्डेसलिगाको उपाधि सबैभन्दा बढी भने बायर्न म्युनिखले ३२ पटक जितेको छ ।
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ