पदम सुखी सम्बाहाम्फे
पाँचथर- ओमिक्रोन भाइरसको संक्रमण बढ्दै जान थालेपछि राष्ट्रिय प्रजातन्त्र पाटीले अक्सिजन कन्सन्ट्रेटर मेसिन बितरण गर्न थालेको छ । पाँचथरको कुम्मायक गाउँपालिकालाई राप्रपा नेता तेजकुमार कुरुम्बाङ सहितको टोलिले अक्सिजन उत्पादन गर्ने कन्सन्ट्रेटर मेसिन हस्तान्त्रण गरेको छ । सोमवार पालिकाको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी डेढ लाख मुल्य बराबरको अक्सिजन उत्पादन गर्ने मेसिन हस्तान्त्रण गरिएको हो । एन.आर.एन. हङकङको समन्वयमा राप्रपाले उक्त उपकरण नेपाल ल्याएर पाँचथर, तेह्रथुम र ताप्लेजुङका स्वास्थ्य चौकी र अस्पताललाई हस्तान्त्रण गर्दै आएको जनाएको छ । गाउँपालिकालाई मेसिन हस्तान्त्रण गर्दै राप्रपाका पूर्व केन्द्रिय सदस्य तेजकुमार कुरुम्बाङले पार्टी भन्दा माथी उठेर नागरिको स्वास्थ्य जस्तो अतिसंवेदनशिल बिषयमा सहयोग गरेको बताउनुभयो । “केन्द्र र प्रदेशमा हाम्रो सरकार छैन, यस्तो अवस्थामा सरकार बाहिरबाटै भए पनि सहयोग गरेका हौं कुरुम्बाङले भन्नुभयो । राप्रपाले महामारीको समयमा गाउँपालिकालाई मेसिन सहयोग गरेको भन्दै उपाध्यक्ष सीता आचार्यले सहयोगको उच्च प्रसंशा गर्दै गाउँपालिकाले स्मरण गर्ने बताउनभयो । उहाँले राजनीतिक आस्था र जिम्मेवारी एक ठाउँमा भए पनि मानविय सेवा सबैको एउटै भएको बिषयमा जोड दिनुभयो । सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद अधिकारी, राप्रपा जिल्ला अध्यक्ष जगत थापा मगर, पाटीका फालेलुङ अध्यक्ष दिब्य बिक्रम जबेगु, उद्योग बाणिज्य संघ पाँचथरका उपाध्यक्ष प्रयागराज सुवेदी लगायतको उपस्थीति रहेको थियो । उक्त कार्यक्रम ४ नम्बर वडाअध्यक्ष पुर्णकुमार खडकाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
.png)