Comments Add Comment

सोलुखुम्बुको लिखुपिकेका दीर्घरोगीलाई घरमै निःशुल्क औषधि

सोलुखुम्बु, ८ पुस :

सोलुखुम्बुको लिखुपिके गाउँपालिकाका दीर्घरोगीलाई घरमै निःशुल्क औषधि प्रदान गरिएको छ । गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रमअनुसार पालिकाभित्रका दीर्घरोगीलाई औषधि वितरण सुरु गरेको हो ।

आर्थिक अवस्था कमजोर भएर स्वास्थ्य उपचारका लागि समस्या झेलिरहेका पालिकावासीलाई स्थानीय सरकारले राहतस्वरुप यो कार्यक्रम ल्याएको अध्यक्ष मीना कार्की बस्नेतले बताउनुभयो । स्वास्थ्यकर्मीलाई खटाई घरघरमै पुगेर औषधि वितरणसँगै स्वास्थ्य परीक्षणसमेत गरिने उहाँको भनाइ छ ।

औषधि उपचारकै अभावमा नागरिकले अकालमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यका साथ यो कार्यक्रम सञ्चालन गरिएको बस्नेतले बताउनुभयो । दीर्घरोगी आफैले पनि पालिकाभित्रका स्वास्थ्य संस्थाबाट निःशुल्क औषधि लिन सक्नेछन् ।

औषधिको नाम टिपोट गर्न छुटाएका बिरामीले स्वास्थ्य संस्थामा गएर सम्पर्क गर्नसक्ने पालिकाको स्वास्थ्य शाखा कार्यालयले जनाएको छ

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ