Comments Add Comment

फाल्गुनन्द गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा सिद्धदेवी मा.वि. नवमीडाँडा  प्रथम 

दिपक दुलाल,चैत्र ५
पाँचथर- फाल्गुनन्द गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा सिद्धदेवी माध्यमिक विद्यालय नवमीडाँडाले  प्रथम स्थान हासिल गरेको छ ।
फाल्गुनन्द गाउँपालिकाका ११ वटा माध्यमिक विद्यालयहरुको सहभागिता रहेको खेलकुद प्रतियोगितामा सबैभन्दा बढी २० स्वर्णपदक, ११ रजत पदक र ५ कास्यपदक  प्राप्त गरेर सिद्धदेवी मा.वि. नवमीडाँडाले प्रथम स्थान हासिल गर्न सफल भएको हो ।


यसवर्ष सहित लगातार ३ वर्षसम्म फाल्गुनन्द गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको विजेता बनेको सिद्धदेवी मा.वि. नवमीडाँडाले फाल्गुनन्द गाउँपालिकाले उपलब्ध गराएको रनिङ शिल्ड समेत सँधैका लागि आफ्नै पोल्टामा राख्न सफल भएको छ । उक्त विद्यालयले २०७६ सालमा आफ्नै विद्यालयमा भएको प्रतियोगितामा र गतवर्ष २०७७ मा जनकल्याण मा.वि. फाक्तेपमा भएको राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा समेत प्रथम स्थान प्राप्त गरेको थियो ।
यस्तै १५ स्वर्णपदक, १० रजतपदक र २ कांस्यपदकका साथ आयोजक  सत्यहाङ्मा माध्यमिक विद्यालय इम्बूङले दोस्रो स्थान प्राप्त गरेको छ ।  जयनारायण आदर्श माध्यमिक विद्यालय मेहेलबोटेले ६ स्वर्णपदक,२ रजत पदक र ६ कांस्य पदक जितेर प्रतियोगितामा तृतिय स्थान हासिल गरेको छ ।
यसैगरी जनकल्याण माध्यमिक विद्यालय फाक्तेपले ४ स्वर्णपदक, २ रजत पदक र १ कांस्यपदक प्राप्त गरेको छ । सिद्धेश्वरी मा.वि. चिलिङदेनले ३ स्वर्णपदक र १ रजत पदक, घुर्विसे पञ्चमी माध्यमिक विद्यालयले ८ रजत र ६ कांस्यपदक, ज्योति माध्यमिक विद्यालय आङ्साराङले ३ रजत र ६ कांस्यपदक,जलसिंह माध्यमिक विद्यालयले २ रजत र २ कांस्यपदक प्राप्त गरेका छन् । यसैगरी कृष्ण मा.वि. चिलिङ्दिनले २ स्वर्ण पदक, सिद्धेश्वरी मावि सुर्केनागीले १ रजत र ३ कांस्यपदक र सारताप माविले २ कांस्यपदक जित्न सफल भएका छन्। 
प्रतियोगिताका विजेता विद्यार्थी तथा विद्यालयहरुलाई समापन कार्यक्रमका प्रमूख अतिथि फाल्गुनन्द गाउँपालिकाका शिक्षा शाखा प्रमूख बाबुराम राईले कप, मेडल, प्रमाणपत्र तथा नगद पुरस्कार वितरण गर्नुभएको थियो। आयोजक विद्यालय सत्यहाङ्मा माध्यमिक विद्यालयका प्रधानाध्यापक रामभक्ति नेम्वाङले प्रतियोगिता सञ्चालनमा सहयोग गर्नुहुने सम्पूर्णमा धन्यावाद ज्ञापन गर्नुभएको थियो । सत्यहाङ्मा माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष  राजेन्द्र नेम्वाङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।  


यहि चैत्र ३,४ र ५ गते फाल्गुनन्द गाउँपालिका वडा नं.२ स्थित सत्यहाङ्मा माध्यमिक विद्यालय इम्बुङमा सञ्चालन भएको यसवर्षको फाल्गुनन्द गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको पूर्व भौतिक योजना तथा यातायात मन्त्री बसन्त कुमार नेम्वाङले उद्धघाटन गर्नुभएको थियो । आगामी वर्षको फाल्गुनन्द गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०७९ जयनारायण आदर्श मा.वि. मेहेलबोटेमा सञ्चालन  गर्ने निर्णय समेत गरिएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ