Comments Add Comment

चरित्र हत्या गर्ने उद्देश्यले युट्युव मार्फत भ्रामक तथा अनर्गल वक्तव्य बाजी गर्ने पक्राउ

 

२०७८ चैत्र ६  

पाँचथर-चरित्र हत्या गर्ने उद्देश्यले युट्युव च्यानल मार्फत भ्रामक तथा अनर्गल वक्तव्य बाजी गरेको अभियोगमा तारकेश्वर नगरपालिका-१० बस्ने  सुनसरी बराहक्षेत्र नगरपालिका-३ घर भएकी ३० वर्षीय  शर्मिला वाईबालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

युट्युव च्यानलहरुमा पीडितको मानमर्दन र चरित्र हत्या गर्ने उद्देश्य राखी ‘सेलेब नेपाल’ र ‘एवन मिडिया च्यानल’ मार्फत भ्रामक तथा अनर्गल वक्तव्य बाजी गरी  शर्मिलाले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूर गरेको पाइएपछि उनलाई ईलाका प्रहरी कार्यालय खैरहनी चितवनको सहयोगमा प्रहरी प्रधान कार्यालय साइवर व्यूरो भोटहिटीबाट खटिएको प्रहरीले चितवनबाट पक्राउ गरेको हो । उनी उपर अदालतबाट ७ दिन म्याद थप भई  आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालय काठमाण्डौले जानकारी गराएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ