Comments Add Comment

कुम्मायक-कुस्सायक गोल्डकप : केएफसी झापालाई हराउदै ताप्लेजुङ सेमिफाइनलमा प्रवेश

रमेश थापा यासोक
पाँचथर- पॉचथरको कुम्मायक गाउँपालिकामा जारी कुम्मायक-कुस्सायक अन्तराष्ट्रियआमन्त्रण गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा खेवाङ फुड्वल क्लव ताप्लेजुङ प्रवेश गरेको छ । मङगलबार पृथ्वी मा.वि.को खेलमैदानमा भएको प्रतिस्प्रधामा KFC  झापालाई ०-३ गोल अन्तरले पाखा लगाउदै ताप्लेजुङले सेमिफाइनलको यात्रा पक्का गरेको हो ।


खेलको शुरुवाती समयदेखिनै ताप्लेजुङ हाबि भएको थियो । महत्वपूर्ण केही अवसरलाई खेर फाल्दा KFC झापा क्वाटरफाइनलबाटै घर फर्किन बाध्य भयो । खेलको पहिलो चरणमा खेवाङ FC ताप्लेजुङका रोहन बर्देवा र सोमहाङ लिम्बुले १-१ गोल गरेका थिए। खेलको ४२ औ मिनेटमा ताप्लेजुङकै सोनाम राईले गोल गर्दै आफ्नो टिमलाई बिजयी गराएका थिए । खेलको म्यान अफ् दि म्याच खेबाङ फुड्वल क्लब ताप्लेजुङका सोनाम राई घोषित भए । उनले नगद पॉच हजार हात पारे ।


प्रतियोगिताको बिजेताले नगद ३ लाख ३३ हजार ३३३ रुपैंयॉ प्राप्त गर्नेछ । उपबिजेताले नगद १ लाख ६६ हजार ६६६ रुपैंया प्राप्त गर्नेछ । हरेक खेलको म्यान अफ् दि म्याचलाई नगद ५ हजार रुपैंयॉ र बिधागततर्फका उत्कृष्टलाई जनही ८ हजार रुपैंया प्रदान गर्ने आयोजक सयपत्री क्लवका अध्यक्ष शिव लावतीले जानकारी दिनुभयो । चैत ३० गते बुधवार संगम FC सुनसरी र KKFC झापा भिड्ने छन । 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ