Comments Add Comment

कुम्मायक-कुस्सायक गोल्डकप: झापा लाई हराउदै सुनसरी सेमिफाइनलमा 

पाँचथर- पॉचथरको कुम्मायक गाउँपालिकामा जारी कुम्मायक-कुस्सायक अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपको सेमिफाइनलमा संगम FC  सुनसरी प्रवेस गरेको छ । KKFC झापा लाई ०-४ गोलको फराकिलो अन्तरले हराउदै संगम FC सुनसरी सेमिफाइनलमा पुगेको हो । 


बुधबार यासोक स्थीत पृथ्वी मा.वि.को खेलमैदानमा भएको खेलमा सुनसरीको लागी अनिल राना मगर, बिमल घिसिङ, हिमाल लामा र बिजय घलानले गोल गरेका थिए । दबावमा परेको झापाले पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा कुनै गोल गर्न सकेन । कुनै पनि गोल गर्न नसकेको KKFC झापा पहिलो चरणबाटै घर फर्कन बाध्य भयो । सुनसरीको तर्फबाट उकृष्ठ खेल प्रर्दशन गरेको भन्दै गोल किपर आयुस राना मगर म्यान अफ् दि म्याच घोषित भए । उनले नगद पॉच हजार हात पारे ।


प्रतियोगिताको बिजेता टोलीले नगद ३ लाख ३३ हजार ३३३ रुपैंयॉ प्राप्त गर्नेछ । उपबिजेताले नगद १ लाख ६६ हजार ६६६ रुपैंया प्राप्त गर्नेछ । गर्ने आयोजक सयपत्री क्लवका अध्यक्ष शिव लाओतीले जनाए । 


 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ