यासोक—नेकपा एमाले कुम्मायक—४ का वडाअध्यक्षका उमेद्धवार फगेन्द्र कुमार सम्बाहाम्फेले जनताको मन जित्ने ऐजेन्डा सहित स्वच्छ प्रतिस्प्रधा गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले एक अर्का उमेद्धवार बिरुद्ध गाली गलौजको रुपमा भन्दा पनि आफ्नो ऐजेन्डा र पाटीको कार्यक्रम लिएर मतदाताको घरमा जान सुझाव दिनुभयो ।
आफुलाई बिपक्षी उमेद्धवारले कर्मचारीले वडा चलाउन सक्दैन ? भिजन छैन ? भन्दै आरोप लगाउने गरेको भन्दै असल जनप्रतिनिधिले अवस्च्छ प्रतिस्प्रधा कहिलै नगर्ने दावी गर्नुभयो । उहाँले भन्नुभयो सक्षम र योग्य उमेद्धवारलाई जनताले मतदान गर्ने हो । को सक्षम, को असक्ष त्यो मतदाताले छुट्याउने छन । हामीले पाँच वर्षे कार्यकालमा के—के गछौ ? प्रष्ट भिजन लिएर जाऔं । त्यो भिजन र ऐजेन्डा जनताले मन पराएर अस्वस्च्छ प्रतिस्प्रधा गर्नु पर्दैन सम्बाहाम्फे भन्नुभयो ।
.png)