Comments Add Comment

तुम्बेवाको पहिलो निर्णय :शुरक्षित प्रसुति देखि अपाङ्घ नागरिलाइसम्म एम्बुलेन्स सेवा


यासोक—पाँचथरको तुम्बेवा गाउँपालिकाका नव निर्वाचित जनप्रतिनिधिहरुले शुरक्षित प्रसुति र अपाङ्घ नागरिकहरुको लागि निशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याउने निर्णय गरेका छन । गाउँपालिकामा सपथ तथा पदभार ग्रहण कार्यक्रममा उनिहरुले यस्तो निर्णय गरेका हुन । नवनिर्वाचित गाउँपालिका अध्यक्ष बाबुराम खड्का सहितका जनप्रतिनिधिहरुले प्रमुख तीन वटा निर्णय गरेका छन ।

गाउँपालिका जिल्लाको दुर्गम क्षेत्र भएकाले पनि सुरक्षीत प्रसुतिको लागि नि:शुल्क एम्बुलेन्स सेवा ब्यवस्था गर्ने निर्णय गरिएको अध्यक्ष खड्काले बताउनुभयो । त्यस्तै मृतक परिवारलाई काजकिरिया बापत नगद ५ हजार दिने निर्णय गरेको छ । अपाङ्घ लक्षित कार्यक्रम अन्र्तरगत ‘क’ बर्गका अपाङ्गता भएका ब्यक्ति गम्भीर बिरामी भएको अबस्थामा नि:शुल्क एम्बुलेन्स सेवाको ब्यवस्था गर्ने निर्णय समेत गरेको खड्काको भनाई छ । 
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ