Comments Add Comment

स्वास्थ्य शिविरबाट कुम्मायकवासी उत्साहित

पाँचथर—संघीय संरचनापछि गाउँ—गाउँमा सिंहदरबार आयो । केन्द्रको अधिकार नागरिकले घर दौलोमै सेवा पाउादै आएका छन । तर कतिपय आधारभूत सेवा दुर्गमका स्थानीय तहमा पुग्न सकेको छैन । तर पाँचथरको कुम्मायक गाउँपालिकाले नागरिकलाई स्वास्थ्यको पहुँचमा पुर्‍याउन बिभिन्न उपायको खोजी गर्दै आएको छ । सुविधा सम्पन्न अस्पतालमा नागरिकको पहुँच बाहिर छ । गाउँपालिकाले समन्वय गरी सुविधा सम्पन्न अस्पतालमा पाउने सेवा सुविधा पालिकामै उपलब्ध गराउादै आएको छ । जसबाट पालिकावासी उत्साहित भएका छन । 

केही दिन अघि मात्रै गाउँपालिकाले समन्वय गरी गणेशमान सिंह सामुदायिक हस्पिटल, मानव डेन्टल अस्पतालको सेवा गाउँपालिकाबाटै प्रदान गरेको थियो । जिल्ला सदरमुकामसम्म पुग्नु पर्ने नागरिकको बाध्यता थियो । यस्तो समस्या समाधान गर्न बिषेसज्ञ सहितको आधुनिक उपचार सेवा पालिकाको केन्द्रमा सञ्चालन भयो । एक दिने निशूल्क स्वास्थ्य शिविरबाट गाउँपालिकाका ७ सय २४ जनाले सेवा पाए ।

आँखाका १ सय ९३, दाात ३ सय ७१ र ओपिडी सेवा १ सय ६० गरी ७ सय २४ नागरिकले सेवा लिएको गणेश मानसिंह सामुदायिक अस्पतालका अध्यक्ष सन्तोश श्रेष्ठले जानकारी दिनुभयो ।
शिबिरमा मानव डेन्टल केयर प्रा.लि.बाट दन्त उपचार सेवा, फिदिम आँखा उपचार केन्ऽबाट आखा उपचार सेवा र गणेश मान सिंह सामुदायिक अस्पतालबाट भिडियो एक्सरे, सेवा इ.सि.जि सेवा साथै स्वास्थ्य परिक्षण समेत गरिएको थियो । शिविरबाट बिरामी जााच, परामर्श सेवा साथै निशुल्क औषधी  बितरण गरिएको अध्यक्ष श्रेष्ठको भनाइ छ ।
स्वास्थ्यको पहुाच भन्दा बाहिर रहेका बिपन्न समुदायका नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उदेश्यले शिविर सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष बम प्रसाद लावतिले बताउनु भयो । गाउँपालिकामा १५ शैयाको अस्पताल निर्माण कार्य भइरहेको छ । उहाँले भन्नुभयो उक्त अस्पताल निर्माण सम्पन्न भएपछि नागरिकले गुणस्तरीय स्वास्थ्य सुविधा त्यहि अस्पतालबाट पाउँछन् । त्यो अघि नागरिकको माग र आवश्यताको आधारमा निशुल्क शिविरबाटै सेवा प्रभाह गर्ने बताउनु भयो । 
 

भचभ‘

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ