Comments Add Comment

फाल्गुनन्दका पूर्व विद्यार्थीद्धारा अक्षयकोष स्थापना

रमेश थापा 
पाँचथर—
  पाँचथरको फाल्गुनन्द गाउँपालिका— ६ स्थीत जयनारायण आर्दश माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ । शनिवार विद्यालयमा आयोजित एक कार्यक्रमका बीच पूर्व विद्यार्थीहरुले अक्षयकोष स्थापना गरेका हुन । २०४९ सालका ७६ विद्यार्थी मध्ये १४ जना पूर्व विद्यार्थीहरुले ३ लाख ७१ हजार रुपैयाँको रकम संकलन गरी अक्षयकोष स्थापना गरेका छन ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कमजोर हुदै गएको भन्दै आफुहरुले शैक्षिक गुणस्तर सुधारको लागि अक्षयकोष स्थापना गरेको पूर्व विद्यार्थी कृष्ण राज फेउदिनले बताए । अक्षयकोषको व्याजदरबाट विद्यालयमा एस इ.इ उर्तिण गरेका उकृष्ट विद्यार्थी एक जना र अन्य विद्यालयबाट उकृष्ट अंक ल्याएर अध्यायन गर्न आउने एक गरी दुई जनालाई छात्रवृति प्रदान गरिने अर्का अक्षयकोष दाता गंगा प्रसाद आङदेम्बेले बताए ।

त्यस्तै प्राविधिक विषयतर्फ सिटिई भिटिको कक्षा १२ बाट उकृष्ट अंक ल्याउदै उर्तिण हुने एक जना र सोही विषयमा अन्य विद्यालयबाट उकृष्ट अंक ल्याउदै अध्यायन गर्न आउने विद्यार्थी गरी दुइ जनालाई छात्रवृति प्रदान गरिने अक्षयकोष दाताहरुले जनाएका छन । 

पाँचथरकै जेठ्ठो विद्यालयको रुपमा २००५ सालमा स्थापना भएको विद्यालयमा प्राविधिक धार विषय अन्तरर्गत सिटिई भिटि कक्षा संचालन हुदै आएको प्रधानाध्यापक प्रकाश आचार्यले बताए । कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष नरेन्द्र बहादुर चेम्जोङ, वडाअध्यक्ष नारायण प्रसाद आङदेम्बे शिक्षक र अभिभावकहरुले अक्षयकोष स्थापना गर्ने दाताहरुको मुक्तकण्ठले प्रशंसा गरेका थिए ।  

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ