Comments Add Comment

आदिवासी जनजातिको भाषा सस्कृती संरक्षण तथा प्रवर्द्धन सम्बन्धि दुई दिने गोष्ठी सम्पन्न

पदम सुखी सम्बाहाम्फे

पाँचथर-पाचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा आदिवासी जनजातिको भाषा सस्कृती संरक्षण एवं प्रवर्द्धन सम्बन्धि दुई दिने गोष्टि शनिबार सम्पन्न भएको छ । आदिवासी जनजाति महासंघ कुम्मायकको आयोजनामा भएको सो गोष्टिमा तिनसय भन्दा बढी आदिवासी जनजातिहरुको सहभागिता रहेको थियो । भाषा हराए जाती हराउँछ त्यसैले प्रत्येक आदिवासी जनजातिले भाषा सस्कृति संरक्षण गर्नका लागि आ-आफ्नो घरको परिवारसङ्ग मातृभाषा अनिवार्य प्रयोग गर्नुपर्ने लगायतका कुराहरु गोष्टीमा उपस्थित सहभागिलाई जानकारी गराईएको थियो। गोष्टिको सहजकर्ता दिलेन्द्र कुरुम्बाङका अनुसार कुनैपनी बस्तु मरेपछि त्यसलाई ब्युताउन नसकिने कुरा सहभागीहरुलाई बताएका थिए । त्यसैले भाषा सस्कृतीको जगेर्ना गर्न राज्यको मुख मात्र ताकेर बस्न नहुने बताउदै आ-आफ्नो भाषा कला सस्कृतिको संरक्षण र प्रवर्द्धन गर्नमा स्वयं आफैले अग्रसरता देखाउनुपर्ने कुरुम्बाङ्को भनाइ थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ