रमेश थापा
पाँचथर: पाँचथरको कुम्मायक गाउँपालिकालाई दमक अपाङ्ग सहयोग समितिले सहायक सामाग्री प्रदान गरेको छ। समितिले अपाङ्गता भएका नागरिकलाई सहयोग पुग्ने उदेश्यले १ लाख ७० हजारको सहायक सामाग्री प्रदान गरेको दमक अपाङ्ग सहयोग समितिका सचिव मदन कुमार बोहोराले बताए। उनले हुईल्चियर ६ थान, बैसाखी ५ थान, स्टिक ४ थान र सेतो छडि १३ थान लगायतका साहायक सामाग्री बितरण गरेको बताए। गाउँपालिकामा अपाङ्गता भएर बसेका नागरिकलाई सहयोग गर्ने उदेश्यले सहायक सामाग्री बितरण गरेको बताए।
सहायक सामाग्री हस्तान्त्रण गरेर गाउँपालिकालाई गुन लगाएको गाउँपालिका अध्यक्ष वंमप्रसाद लावतीले बताए। उनले कर्मभूमि झापा बनाए पनि आफ्नो जन्मभूमिका नागरिकलाई गरेको सहयोगले अपाङ्गता भएका नागरिकलाई राहत मिल्ने बिश्वास व्यक्त गरे।
साहायक सामाग्री हस्तान्त्रण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत देवी तुम्वापो, लेखा अधिकृत प्रविण राई, स्वास्थ्य शाखा प्रमुख केदार बहादुर खड्का, नि.वर्तमान पालिका अध्यक्ष जयबहादुर चेम्जोङ, एकिकृत अपाङ्गता पुनस्थापना केन्द्र निर्माण अभियानता महेन्द्र प्रसाद निरौला लगायतको उपस्थिति रहेको थियो ।
.png)