Comments Add Comment

पाँचथरको तुम्बेवा गाउँपालिकामा करेण्ट लागेर एकको मृत्यु, एक घाइते


पाँचथर—पाँचथरको तुम्बेवा गाउँपालिकामा करेण्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको तुम्बेवा गाउँपालिका—२ नं. वडाका ३८ वर्षीय जीवन मगरको मृत्यु भएको हो । घरमा राखेको अन्न पिस्ने मिनिलमा विद्युत सर्ट भई करेण्ट लाग्दा सोमवार उनको मृत्यु भएको हो । सोही घटनामा करेण्ट लागेर सोही स्थानका ३५ वर्षीय पूर्णकुमार मगर घाइते भएका छन् ।

सोमवार दिउासो २ बजे मृतक जीवनको घरमा जडान गरिएको मिलमा अन्न पिस्ने क्रममा उनीहरुलाई करेण्ट लागेको थियो । करेण्ट लागेर घाइते भएका उनीहरुलाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । अस्पताल पुग्न साथ बेलुका ९ बजे जीवनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
करेण्ट लागेर घाइते भएका पूर्णकुमारको सोही अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । मृतक जीवन हालै सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा वडा सदस्यको उम्मेदवार भई पराजित भएका थिए ।
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ