Comments Add Comment

आज उपनिर्वाचनः बिहान ७ बजे देखी साँझ ५ बजेसम्म मतदान

काठमाडौं, १० बैशाख। उपनिर्वाचनका लागि आज मतदान हुदैँछ।

निर्वाचन आयोगका अनुसार मतदान बिहान ७ बजे देखी साँझ ५ बजेसम्म हुनेछ । बारा–२, चितवन–२ र तनहुँ–१ मा आज उपनिर्वाचन हुन लागेको हो। 

चितवन–२ वाट बिजयी रबी लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरिदिए पछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो। सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका लामिछानेले पुनः उम्मेदवारी दिएका छन भने नेकपा एमालेवाट रामप्रसाद न्यौपाने तथा नेपाली कांग्रेसवाट जीतनारायण श्रेष्ठका विचमा त्रिपक्षीय भिडन्त हुने मानिएकाे छ। 

यसैगरी बारा–२ वाट बिजयी रामसहाय यादव उपराष्ट्रपतिमा तथा तनहु–१ वाट बिजयी रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भए पछि सो रिक्त स्थानमा उपनिर्वाचन हुन लागेको हो। 

बारा–२ मा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका पुरुषोत्तम पौडेल र जनमत पार्टीका शिवचन्द्र कुशवाहा मुख्य प्रतिस्पर्धीका रुपमा देखिएका छन भने तनहुँ–१ मा नेकपा एमालेका सर्वेन्द्र खनाल, नेपाली कांग्रेसका गोबिन्द भट्टराई र स्वन्तत्र पार्टीका स्वर्णिम वाग्लेलाई मुख्य प्रतिस्पर्धी मानिएको छ। 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ