Comments Add Comment

भलिबलको उपाधि रणशेरगणलाई


रमेश थापा  
पाँचथर–
सतासी मेलाको अवसरमा सम्पन्न भएको भलिवल प्रतियोगिताको उपाधि रणशेरगण फिदिमले हात पारेको छ । पाँचथरको कुम्मायक गाउँपालिका—२ स्थीत माङ्जाबुङमा आयोजित भलिबल प्रतियोगिताको उपाधि रणशेरगण फिदिमले हात पारेको हो । प्रतियोगिताको फाइनल खेलमा तुम्बेवा गाउँपालिकालाई १ सेटका बिरुद्ध ३ सेटको अन्तरले  पराजित गर्दै रणशेरगण फिदिमले उपाधि हात पारेको थियो । 

उपाधि चुमेको रणशेरगण फिदिमले नगद ५० हजार ५ रुपैयाा ट्रफी मेडल र प्रमाण पत्र हात पार्‍यो भने उपबिजेतामा चित्त बुझाएको तुम्बेवाले नगद ३० हजार ३ रुपैयाँ ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो । प्रतियोगितामा पाँचथर सहित झापा र मोरङ जिल्लाका ८ टीमले सहभागीता जनाएका थिए । प्रतियोगिताको उत्कृष्ट खेल प्रर्दशन गर्ने खेलाडीहरुलाई समेत पुरस्कार बितरण गरिएको थियो ।

प्रतियोगिताको विजेता र उपबिजेता टीमलाई कुम्मायक गाउँपालिका अध्यक्ष मेहन्द्र बहादुर खड्काले पुरस्कार बितरण गरेका थिए । भलिवल प्रतियोगिताको प्रथम पुरस्कार दक्षिण कोरियाबाट समाजसेवी गजेन्र सेर्माले प्रायोजन गरेका थिए । त्यस्तै दास्रो पुरस्कार सुम्हालुङ युवा समूह प्रवास समिती दक्षिण कोरियाले प्रायोजन गरेको खेल संयोजक कुमार सेर्माले बताए ।
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ