हान्झाउ । इ–स्पोर्ट्सको पिस एलिस एसियन गेम्स भर्सन (पब्जी) मोबाइलमा नेपाली टोली सेमिफाइनलबाटै बाहिरिएको छ ।
१९औं एसियाली खेलकुदअन्तर्गत शनिबार बिहान चाइना हाङझाउ इस्पोर्ट्स सेन्टरमा भएको सेमिफाइनल चरणको समूह ‘ए’ बाट नेपाल बाहिरिएको हो।
फाइनल चरणमा पुग्न सेमिफाइनल चरणको समूहमा शीर्ष दुईमा रहनुपर्ने नियम रहेकोमा नेपाल तेस्रो भएपछि बाहिरिएको हो ।
सुबिनकुमार प्रजापति, दिपेश गुरुङ, साहस भण्डारी, समिर गुरुङ र संगिन भट्टराई सम्मिलित नेपाली टिमले ५४ मिनेट ३३.३४६ सेकेण्ड टाइमिङ निकालेका थिए ।
कोरिया ५० मिनेट ३७.१५१ सेकेण्ड टाइमिङसहित पहिलो स्थानमा रहँदा चाइनिज ताइपेई ५२ मिनेट १९.३९३ सेकेण्ड टाइमिङसहित दोस्रो स्थानमा रहेर फाइनल चरण पुगेको छ ।
शनिबार दिउँसो हुने सेमिफाइनलमो समूह ‘बी’ को खेल दुवै समूहबाट शीर्ष दुई टोली फाइनल चरण पुग्नेछन् ।
.png)