Comments Add Comment

कुम्मायकमा माइती नेपालको भलिवल

रमेश थापा
पाँचथर ः
पाँचथरको कुम्मायक गाउँपालिकामा खुल्ला भलिवल प्रतियोगिता सुरु भएको छ । माइती नेपाल स्पोर्टिङ क्लव माङजाबुङको आयोजनामा साविक–६ गौरिगाउँमा भलिवल प्रतियोगिता सुरु भएको हो । 
शनिवार गाउँपालिका अध्यक्ष वंमप्रसाद लावतीले एक कार्यक्रमका बीच प्रतियोगिताको उत्घाटन गरेका थिए । दशैको अवसरमा असोज २८ गतेदेखि ३० गतेसम्म संचालन हुने भलिवल प्रतियोगितामा मिक्लाजुङ र फाल्गुनन्द सहित १४ टीम सहभागी छन ।

उत्घाटन समारोहमा बोल्दै गाउँपालिका अध्यक्ष लावतीले कुम्मायक–२ नं. वडाको खेलकुद क्षेत्रलाई विकास गर्न खेलमैदान सहितका पूर्वाधार निर्माणमा पहिलो प्राथमिकता दिने बताए । उनले माइती नेपालले आयोजना गरेको भलिवल प्रतियोगिताको खेलमैदानको अवस्था पनि सुधार गर्नुपर्ने देखिएकाले यसलाई क्रमश सुधार गर्दै लाने प्रतिवद्धता जनाए । 
वडाअध्यक्ष बालकृष्ण सेर्माले वडाले वर्षेनी खेलमैदान निर्माण गर्न बजेट बिनियोजन गर्दै आएको भन्दै यसलाई थप प्रभावकारी बनाउँन पालिकामा पहल गर्ने बताए । खेलकुद क्षेत्रमा गाउँपालिकाकै कमजोर भौतिक संरचना भएको वडालाई प्राथमिकता दिनुपर्ने जोड दिए ।
माइती नेपालको खेलमैदान निर्माण गर्न समाजसेवी जग्गादाता कुमार बस्नेतले १२ रोपनी जग्गा निशुल्क दान गरेका थिए । आफुले निशुल्क दान गरेको जग्गामा वडाले वर्षेनी वजेट बिनियोजन गरेर खेलमैदान निर्माण गरेको भन्दै खुसी व्यक्त गरे । आफुले निजी जग्गा राज्यलाई निशुल्क दिएको भन्दै यसको संरक्षण वडा र पालिकाले गर्नुपर्नेमा बस्नेतले जोड दिए ।
तीन दिनसम्म संचालन हुने प्रतियोगिताको बिजेता टीमले नगद ३० हजार ५५ रुपैयाँ ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । भने उपविजेता टीमले नगद २० हजार ५५ रुपैयाँ ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । त्यस्तै तेस्रो हुने टीमले नगद १० हजार ५५ रुपैयाँ ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने क्लवका अध्यक्ष गोपिन्द्र बस्नेतले जानकारी दिए । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ