Comments Add Comment

पाँच टीम सेमिफाइनलमा

रमेश थापा
पाँचथर ः
पाँचथरको कुम्मायक गाउँपालिकामा जारी खुल्ला नकआउट भलिवल प्रतियोगितामा ५ टीम सेमिफाइनलमा प्रवेस गरेका छन । दोस्रो दिनको खेलमा ५ टीम सेमिफाइनलमा प्रवेस गरेका  हुन । प्रतियोगितामा क्रमश ः फाल्गुनन्द–४, अर्थे युवा समुह फिदिम, त्रिवेणी युवा क्लव फाल्गुनन्द, आयोजक ‘ए’, फाल्गुनन्द ‘ए’, सेमिफाइनलमा प्रवेस गरेका हुन । 
पहिलो खेलमा तुम्बेवा गाउँपालिकाको वलनेलाई हराउँदै फाल्गुनन्द सेमिफाइनमा प्रवेस गरेको थियो । आयोजक ‘बि’ लाई हराउँदै अर्थे युवा समुह फिदिम, फाल्गुनन्द ‘बि’ लाई हराउँदै त्रिवेणी युवा क्लव फाल्गुनन्द सेमिफाइनलमा प्रवेस गरेको थियो । 
त्यस्तै सृर्जनशिल युवा समुहलाई हराउँदै आयोजक ‘बि’ र तुम्बेलाई हराँउदै फाल्गुनन्द ‘ए’ सेमिफाइनलमा प्रवेस गरेको छ । त्यस्तै दोस्रो दिनको अन्तिम खेलमा कुम्मायक–२ आहालेलाई हराउँदै अर्थे युवा समुह फिदिम सेमिफाइनलमा प्रवेस गरेको आयोजक माइती नेपाल स्पोर्टिङ क्लवका अध्यक्ष गोपिन्द्र बस्नेतले बताए ।
तीन दिनसम्म संचालन हुने प्रतियोगिताको बिजेता टीमले नगद ३० हजार ५५ रुपैयाँ ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । भने उपविजेता टीमले नगद २० हजार ५५ रुपैयाँ ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । त्यस्तै तेस्रो हुने टीमले नगद १० हजार ५५ रुपैयाँ ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । दशैको अवसरमा असोज २८ गतेदेखि ३० गतेसम्म संचालन हुने भलिवल प्रतियोगितामा मिक्लाजुङ र फाल्गुनन्द सहित १४ टीम सहभागी छन । प्रतियोगिता माइती नेपाल स्पोर्टिङ क्लव माङजाबुङको आयोजनामा साविक–६ गौरिगाउँमा हुदै आएको छ । 

  
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ