Comments Add Comment

कुम्मायकमा प्रहरीको नागरिक सुनुवाई कार्यक्रम

रमेश थापा
पाँचथर–
पाँचथरको कुम्मायक गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरको अयोजनामा नागरिक र प्रहरीको सम्बन्धलाई प्रभावकारी बनाउने उदेश्यले नागरिक सुनुवाई कार्यक्रम आयोजना गरिएको हो । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायव उपरिक्षक हेमन्त भण्डारी क्षेत्रीले प्रहरीको सेवा प्रभाहलाई प्रभावकारी बनाउदै नागरिक माझ निष्पक्ष र पार्दशिता कायम गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

उहाँले जिल्लाको भौगोलिक अवस्था, अपराधिक कृयाकलाव रोकथाम र न्युनीकरणका प्रयास र न्याय निरुपणमा स्थानीय तहको भूमिकाको बिषयमा प्रकाश पार्नुभएको थियो । कुम्मायक जनप्रतिनिधिले राखेको प्रश्नको जवाफ दिदै क्षेत्रीले यासोकमा ट्राफिक प्रहरी व्यवस्थापन गर्न समस्या भएकाले कुनै उपाय निकाल्ने जवाफ दिनुभयो । उहाँले तमोर कोरिडोरमा प्रहरी चौकी स्थापना गर्न आवश्यक प्रकृया अघि बढाएको भन्दै चाँडै प्रहरी चौकी स्थापना हुने जानकारी दिनुभयो ।
सोही क्रममा जनप्रतिनिधिहरुले नागरिकताको बिषयमा राखेको प्रश्नमा जवाफ दिदै प्रमुख जिल्ला अधिकारी मेख बहादुर मंग्रान्तीले पहिले पहिले हस्तलिखित प्रणाली हुदा घुुम्तिशिविर गरेको तर अहिले अनलाइन प्रणालीमा गएकाले शिविर संचालन गर्न नसकिएको बताउनुभयो । उहाँले स्थानीय सरकारको समन्वयमा असक्त र जेष्ठ नागरिकको लागि नागरिकता उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो । सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिका उपाध्यक्ष महेन्द्र बहादुर खड्का, नि.प्रमुख प्रशासकीय अधिकृत प्रदिपसिं तामाङ, प्रहरी निरिक्षक दिवश कुँवर, जनप्रतिनिधि, राजनीतिकदलका प्रतिनिधि लगायतको सहभागीता रहेको थियो ।
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ