रमेश थापा
पाँचथर: पाँचथरको फाल्गुनन्द–६ र ७ को संगमस्थल वासाँगुुमा लाग्ने ऐतिहासिक द्वितीया मेलाको एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ। फाल्गुनन्द गाउँपालिका अध्यक्ष वृजहाङ आङदेम्बेले मेला तथा भलिवल प्रतियोगिता उद्धघाटन गरेका हुन। मेलाको उद्धघाटन गर्दै अध्यक्ष आङदेम्बेले फाल्गुनन्द गाउँपालिकाको ऐतिहासिक द्वितीया मेलाले लामो समयदेखि कला, सस्कृति र बिभिन्न भेषभुषाको संरक्षण गर्दे आएको भन्दै त्रिवेणी युवा क्लवको प्रशंसा गरे। उनले द्वितीया मेलालाई महोत्सवको रुपमा संचालन गर्न आफू प्रतिवद्ध रहेको बता ।
सोही कार्यक्रममा कुम्मायक गाउँपालिका अध्यक्ष वंम प्रसाद लावतीले छिमेकी गाउँपालिकामा भएको मेला पर्व र खेलकुदको क्षेत्रमा कुम्मायक गाउँपालिकाले सहयोग गर्दै आएको स्मरण गरे। उनले द्वितीया मेला र भलिवल प्रतियोगिता सफल बनाउन गाउँपालिकाले सहयोग गरेको भन्दै यसलाई निरन्तरता दिने समेत बताए। फाल्गुनन्द गाउँपालिका पूर्व अध्यक्ष बीर बहादुर कुरुम्बाङले २४० वर्षदेखि लाग्दै आएको मेला र सस्कार सस्कृतिको संरक्षण हुदै आएको स्मरण गर्दै यसलाई गाउँपालिकाले प्रर्वद्धन गर्नु पर्नेमा जोड दिए।
कार्यक्रममा वडा अध्यक्षको तर्फबाट फाल्गुनन्द ६ का वडाअध्यक्ष नारायण प्रसाद आङ्देम्बे, वडासदस्य सोनालीका कुरुम्बाङ र वासाँगु बजार व्यवस्थापन समिति अध्यक्ष अमर आङदेम्बे लगायतका सहभागीले मेलाको बारेमा प्रकाश पारेका थिए। दिपावलीको अवसरमा आयोजना गरिएको मेला कात्तिक २९ देखि २ गतेसम्म संचालन हुनेछ। मेलामा भलिवल, केलाङ, हाक्पारे, पाःलाम प्रतियोगिता सहित साँस्कृतिक कार्यक्रमहरु संचालन हुने त्रिवेणी युवा क्लव नेपालले जनाएको छ।
.png)