दिपक दुलाल
पाँचथर- पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं. १ नवमीडाँडामा पोषण विषयक १ दिने अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ । धामी, झाँक्री, पुरोहित, लामा, बिजुवा तथा स्वास्थ्यकर्मीहरु बिच पोषण विषयमा अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा परम्परागत चिकित्सा पद्धतीलाई सम्मान गर्दै उनीहरुबाट विरामीलाई गरिने प्राथमिक सेवापछि तुरुन्तै स्वास्थ्य संस्थामा लैजान सल्लाह दिने र बालविवाहबाट स्वास्थ्यमा हुने असर तथा कानुनी व्यवस्था र बालविवाह न्यूनिकरणका बारेमा छलफल भएको थियो ।
फाल्गुनन्द गाउँपालिका बहुक्षेत्रिय पोषण कार्यक्रमले आयोजना गरेको उक्त कार्यक्रममा फाल्गुनन्द १ नवमीडाँडाका धामी,झाँक्री, पुरोहित, लामा, बिजुवा, स्वास्थ्य स्वयंसेविकाहरु,जननिर्वाचित प्रतिनिधीहरु सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।
फाल्गुनन्द गाउँपालिका बहुक्षेत्रिय पोषण कार्यक्रम संयोजक गोपाल घिमिरेले सहजिकरण गर्नुभएको कार्यक्रम फाल्गुनन्द १ का वडाध्यक्ष होम प्रसाद आङ्देम्बेको अध्यक्षतामा सम्पन्न भएको थियो ।
.png)