यासोक—पाँचथरको तुम्बेवा गाउँपालिकामा संचालित तमोर पंम्पिङ खानेपानी योजनाको उमुद्घाटन गर्न प्रधानमन्त्री शेर बहादुर देउवा आउनु हुने भएको छ । गाउँपालिकामा संचालित आङ्ना, मौवा बृहत पंम्पिङ खानेपानी योजनाको समुद्धघाटन गर्न चैत ७ गते प्रधानमन्त्री आउने कार्यक्रम तय भएको नेपाली कांग्रेस तुम्बेवा सभापती बाबुराम खड्काले जानकारी दिनुभयो ।
त्यसै गरी खानेपानी मन्त्री उमाकान्त चौधरी पनि आउने कार्यक्रम तय भएको छ । योजनाको मुख्य पाइपलाइन र वितरण लाइनको काम पूरा हुनै लाग्दा योजना प्रधानमन्त्रीबाटै समुद्घाटन हुन लागेको हो । समुद्घाटन कार्यक्रमको तयारी भइरहेको उपभोता समिति अध्यक्ष देबेन्द्र खत्रीले जानकारी दिनुभयो ।
.png)