Comments Add Comment

ब्यडमिन्टनको उपाधि मिक्लाजुङको पोल्टामा

पाँचथर- पाँचथरको कुम्मायक गाउँपालिकामा आयोजना गरिएको खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधि मिक्लाजुङ गाउँपालिका रबिले हात पारेको छ । त्रिशाली पूजा र मेलाको अवसरमा आयोजित प्रतियोगितामा ३-२ को सेटमा मिक्लाजुङ-३ आरुबोटेका सुर्य राईको टीमलाई हराउदै रबिका रविन लिम्बूको टीमले उपाधि हात पारेको हो ।
उपाधि हात पारेको रविन लिम्बूको टीमले नगद २५ हजार ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको थियो । भने उपविजेतामा चित्त बुझाएको सुर्य राइको टीमले नगद १५ हजार ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको थियो । 
कुम्मायक गाउँपालिकाको १ लाख रुपैयाँको सहयोगमा कुम्मायक ब्याडमिन्टन संघ यासोकले प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगितामा पाँचथर र काठमाडौंका १८ टीम सहभागी रहेको आयोजक संस्थाका अध्यक्ष लक्ष्मी फेवदिनले जानकारी दिनुभयो ।
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ