Comments Add Comment

कुम्मायक गाउँपालिकामा शतासी मेला लाग्ने

रमेश थापा 
पाँचथर—
  पाँचथरको कुम्मायक गाउँपालिकामा वर्षेनी लाग्दै आएको शतासी मेला यो वर्ष पनि लाग्ने भएको छ । कुम्मायक—२ माङजाबुङको चौथी बजारमा भदौ २७, २८ र २९ गतेसम्म शतासी मेला लाग्ने भएको हो । मेलामा खुल्ला नकआउट भलिवल प्रतियोगिता र वृहत साँकृतिक कार्यक्रम सञ्चालन हुने जनचेतना युवा क्लव माङजाबुङले जनाएको छ ।

भलिवल प्रतियोगिताको प्रथमले नगद ५० हजार ३ रुपैयाँ ट्रफि मेडल र प्रमाण—पत्र प्राप्त गर्ने छन् । भने दास्रो टीमले ३० हजार ३ रुपैयाँ ट्रफि मेडल र प्रमाण—पत्र प्राप्त गर्ने छन । उकृष्ठ खेल प्रर्दशन गर्ने खेलाडीहरुलाई पुरस्कारको व्यवस्था समेत गरिएको खेल संयोजक कुमार शेर्माले बताए ।

त्यसै गरी सोही अवसरमा शतासी मेला प्रथम खुल्ला व्याडमिन्टन प्रतियोगिता समेत संचालन हुने भएको छ । मेलाको अवसरमा प्रथम खुल्ला व्याडमिन्टन प्रतियोगिता डबल आयोजना गर्न लागिएको खेल संयोजक अनिल लावतीले जनाए । प्रतियोगिताको प्रथम, द्धितिय क्रमश : नगद १५ हजार ५ सय ५५ र ८ हजार ८ सय ८८ रुपैयाँ सहित ट्रफि मेडल र प्रमाण—पत्र प्राप्त गर्ने सृजनशिल युवा समुह माङजाबुङले जनाएको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ