रमेश थापा
पाँचथर : पाँचथरको कुम्मायक गाउँपालिका—२ स्थीत माङजाबुङमा लाग्ने ऐतिहासिक सतासी मेलाको उत्घाटन गरिएको छ । गाउँपालिका अध्यक्ष वंमप्रसाद लाओतीले मेलाको औपचारिक रुपमा उत्घाटन गरेका हुन । परम्परागत रुपमा लाग्दै आएको ऐतिहासिक मेलामा संचालन हुने, भलिवल, व्याडमिन्टन र सााकृतिक कार्यक्रमको लावतीले एकै साथ उत्घाटन गरेका थिए ।
उत्घाटन समारोहमा सम्बोधन गर्दै लाओतीले खेलकुद क्षेत्रको वृद्धि र विकास गर्न वडामा निर्माणधिन अवस्थामै रहेको खेलमैदानलाई स्तरउन्ती गर्ने बताए । उनले खेलमैदानलाई आवश्यक पर्ने जग्गाको व्यवस्थापन गरी स्तरउन्ती गर्दै लाने बताएका थिए । कार्यक्रममा कुम्मायक—१ का वडाअध्यक्ष देबेन्द्रकुमार लाओती र कुम्मायक—२ का वडाअध्यक्ष बालकृष्ण सेर्माले खेलकुद क्षेत्रको दिगो विकासको लागि गाउँपालिकाले वर्षेनी लगानी गर्दै आएको स्मरण गदै यसलाई निरन्तरता दिने उद्घोष गरे ।
भदै २७ गतेदेखि सुरु भएको मेला तीन दिनसम्म संचालन हुनेछ् । मेलामा आयोजना हुने विभिन्न प्रतियोगिताको लागि गाउँपालिकाले १ लाख रुपैयाँ रकम सहयोग गर्ने जनाएको छ । मेलाको अवसरमा संचालन हुने भलिवल प्रतियोगिताको प्रथमले नगद ५० हजार ३ रुपैयाँ ट्रफि मेडल र प्रमाण—पत्र प्राप्त गर्ने छन् । भने दास्रो टीमले ३० हजार ३ रुपैयाँ ट्रफि मेडल र प्रमाण—पत्र प्राप्त गर्ने छन । उकृष्ठ खेल प्रर्दशन गर्ने खेलाडीहरुलाई पुरस्कारको व्यवस्था समेत गरिएको खेल संयोजक कुमार शेर्माले बताए ।
त्यस्तै व्याडमिन्टन प्रतियोगिताको बिजेता र उपबिजेताले क्रमश : नगद १५ हजार ५ सय ५५ र ८ हजार ८ सय ८८ रुपैयाँ सहित ट्रफि मेडल र प्रमाण—पत्र प्राप्त गर्ने सृजनशिल युवा समुह माङजाबुङले जनाएको छ ।
.png)