Comments Add Comment

प्रदेश १ को पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

काठमाडौं, १ पुस
हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । तराईमा हुसु लागेको छ भने पहाडी भूभागमा आंशिक बदली छ ।

दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ को पहाडी भूभागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राति पहाडी भूभागमा आंशिक बदलीको आकलन गरिएको छ । 

शनिबार प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदलीको सम्भावना छ । प्रदेश १ र गण्डकीका पहाडी भूभागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ